
सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा फागुन १९ देखी सुरु
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा यहि फागुन १९ देखी २८ गते सम्म सुरु हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ । फुटबल खेलको प्रवद्र्धन र खेलाडीलाई प्लेटफर्म दिने गरि सैनामैनामा सुनगाभा सैनामैना गोल्ड कप हुन लागेको हो । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता सैनामैना फुटबल रंगशालामा सञ्चालन हुने छ । क्लवका अध्यक्ष प्रविन भारीले पत्रकार सम्मेलनमा वोल्दै सुनगाभा पब्लिक स्कुलको मुख्य प्रायोजनमा सम्पुर्ण तयारी पूरा भएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि सैनामैना नगरपालिकाबाट ५ लाख रुपैया तथा खेलमैदान…