Search
Close this search box.

कैलालीमा एम्बुलेन्स दुर्घटना

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ 

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.