Search
Close this search box.

नीति तथा कार्यक्रम : नेपालको आफ्नै भू–उपग्रह स्थापनादेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्म (पूर्णपाठ)

तस्बिर : रासस

सैनामैना, रूपन्देही ।

राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।सरकारकाे नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएकाे छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जाेड दिइएकाे छ ।

यसैगरी बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घाेषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा, बूढीगण्डकी र नलगाडको निर्माण, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगायत नीति तथा कार्यक्रममा समावेश छ ।

यस्तै सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएकाे छ । आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि सरकारले गरेकाे छ 

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.