Search
Close this search box.

तिलोत्तमामा दुर्घटना, एक जना गम्भीर घाइते

३१ वैशाख, बुटवल

रुपन्देहीको तिलोत्तम–१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक पुरुष गम्भिर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय मँगलापुरले दिएको जानकारी अनुसार बा १५ च ६४०७ नम्बरको कार दुर्घटना हुँदा अन्दाजी ४५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् ।घाइते भएका पुरुषलाई उपचारका लागि तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको छ ।

भैहवादेखि बुटवलतर्फ आउँदै गरेको कारले सोही दिशामा रोकीरहेको ना १ क ४३६४ नम्बरको क्रेनलाई ठक्कर दिएको थियो । घाइते व्यक्तिको थप पहिचान नहुलेको र घटना तिब्र गतिका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । दुर्घटनाग्रस्त गाडीमा भेटिएको कागजात अनुसार घाइते पुरुषको नाम दुर्गाबहादुर गुरुङ रहेको भएपनि पुष्टी हुन बाँकी रहेको प्रहरीले जनाएको छ । तिलोत्तमामा आजै विहान लु ३ च ५९२९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पनि तिब्र गतिका कारण भएको थियो । २ जना सामान्य घाइते भएको थिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.