सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद,२०८१ सम्पन्न भएको छ ।
सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएका थिए ,
संसद भनेको के हो ? नमुना संसदको महत्त्व, विधेयक, बजेट,शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं कामकारबाहीलाई कार्यक्रममा प्रस्तुत गरिएको कानूनी समाजका कोषाध्यक्ष विष्णु ढकालले जानकारी दिनुभयो ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र , मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए।
संसदमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
विद्यालयमा अध्ययनरत कक्षा १० का करिब ८० जना विध्यार्थीहरुको सहभागीतामा सम्पन्न नमुना संसद कार्यक्रम कार्तिक ११ र १२ गते गरि विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।