सामाजिक संस्थाले भर्गो अभियान नेपालको अभियान सुरु
भर्गो अभियान नेपाल नामक सामाजिक संस्थाले रुपन्देही केन्द्रित गर्ने गरी अभियान सुरु गरेको छ l
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरि अभियानले रुपन्देही कार्यक्षेत्र र पहिलो चरणमा सैनामैनामा केन्द्रित गर्नेगरि सामाजिक अभियान सुरु गर्ने जनाएको छ ।
अभियानले परोपकार, मानव अधिकार, आकांक्षा, पहिचान, उदारता र अवसर मूल मान्यता लिएर सामाजिक क्षेत्रमा कृयाशील रहने जनाएको छ ।
अभियानका अध्यक्ष कृष्णप्रसाद शर्माले सोमबार सैनामैनामा आयोजित पत्रकारसंगको अन्तरक्रियामा बोल्दै सुशासन, सामाजिक न्याय, मानव अधिकारको सुनिश्चित गर्दै समतामूलक विकासको माध्यमबाट शान्ति र सम्मृद्धिको लागि योगदान दिने अभियानको मूल लक्ष्य रहेको बताउनु भयो ।
अभियानले सुरुमै जेष्ठ नागरिकलाई लक्षित गर्दै जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्ने जनाएको छ । त्यसैगरी सहकारीका माध्यमबाट युवाहरुलाई आयआर्जनमा जोड्ने उद्देश्य समेत अभियानको छ । अभियानले भर्गो सहकारी संस्था दर्ता गरि काम समेत सुरु गरिसकेको छ ।
अध्यक्ष शर्माले सामाजिक उत्तरदायित्व अन्तरर्गत जलवायु परिवर्तन, लैगिक समानता तथा सामाजिक समाबेशीता र सामाजिक सुशासन, अपांगता, विपद व्यवस्थापन र संरक्षणको क्षेत्रमा समेत काम गर्ने जनाएको छ ।
अभियानमा जोडिन चाहनेलाई सदस्यता खुला रहेको बताउँदै अध्यक्ष शर्माले देश विदेशबाट समेत अभियानको उद्देश्य पूरा गर्न कुनैपनि प्रकारको सहयोग गर्न सकिने बताउनु भयो ।
अभियानका महासचिव नरहरी भुसालले गैरनाफामूलक संस्थाको रुपमा भर्गोले सामाजिक, आर्थिक र समाज परिवर्तनको क्षेत्रमा काम गर्ने बताउनु भयो ।
उहाँले गरिव तथा पिछडा बर्ग, युवा बर्ग, अपांगता भएका व्यक्ति, दलित, जनजाति, सिमान्तकृगत बर्ग, धार्मिक तथा लैगिंक अल्पसंख्यक, महिला तथा बालबालिका र किशोर किशोरीको क्षेत्रमा काम गर्ने बताउनुभयो ।