Advertisement
Search
Close this search box.

लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Advertisement
sainamainakhabar.com

सैनामैना साउन ६

लायन्स क्लब अफ सैनामैनाको वार्षिक कार्ययोजना अनुरुप आठौं Global cause अन्तर्गत जुलाई महिनाको लागि तय गरिएको वृक्षारोपण कार्यक्रम हिजो जुलाई २०, शनिबार सम्पन्न भएको छ। क्लबका प्रेसिडेन्ट लायन केदार कार्कीको अध्यक्षता तथा LCI Distric 325P Nepal का PDG PMJF लायन नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सैनामैना-९ भरैयामा विभिन्न जातका फलफुलका बिरुवा रोपण गरियो। सैनमैना साउन छ

कार्यक्रममा क्लबका सक्रिय सदस्य लायन बिनोद गिरिको संयोजकत्वमा भएको थियो भने विशेष अतिथिको रुपमा Distric 325P का GAT Co-ordinator PMJF लायन मिना पन्थी र GMT Co-ordinator लायन दिपक कुमार श्रेष्ठ उपस्थित थिए।

कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्नु रहेको क्लबका प्रेसिडेन्ट लायन केदार कार्कीले बताए। उनले भने, “वृक्षारोपणले न केवल वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ, बरु हाम्रा भविष्यका पुस्तालाई पनि स्वस्थ र हराभरा वातावरण दिन्छ।” प्रमुख अतिथि लायन नवराज न्यौपानेले पनि वृक्षारोपण कार्यक्रमको महत्वलाई जोड दिएका थिए र यो पहललाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमको क्रममा फलफुलका बिरुवाहरु जस्तै आप, कटहर, अम्बा लगायतका विभिन्न जातका बिरुवा रोपण गरियो। क्लबका सदस्यहरु, स्थानीय बासिन्दाहरु र विद्यालयका विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए। लायन बिनोद गिरिले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याउने बताए।

कार्यक्रमको अन्त्यमा वृक्षारोपण गरेका बिरुवाहरुको हेरचाह र संरक्षणका लागि पनि विशेष योजना बनाइएको क्लबका प्रेसिडेन्ट लायन केदार कार्कीले बताए।

कार्यक्रम संचालन भने लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो। उक्त कार्यक्रमले वातावरण संरक्षण र समाजमा वृक्षारोपणको महत्वबारे जनचेतना फैलाउनेमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

सैनामैना अपडेट

लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
लायन्स क्लब अफ सैनामैना बोलबम द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.