Search
Close this search box.

देवापारमा रक्तदान ६६ युनिट रगत सङ्कलन

सैनामैना ।

सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको देउवापार ब्वाइजको आयोजित रक्तदान कार्यक्रममा सम्पन्न भएको छ।
गर्मी बढेसँगै अस्पतालमा बिरामीहरूको घुइचो लागेका कारणले रगत प्राप्तिको कमिलाई पूर्ति गर्न उक्त कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भएको क्लबले जानकारी गराएको छ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले रगत अति आवश्यक रहेकाले युवाहरूले रक्तदान गर्नुका साथै रगत बारे आम जनतामा सचेत गराउनु पर्ने कुरा व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रम देउवापार ब्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा र सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन मनिष घिमिरेले गरेका थिए भने क्लबका सचिव विशाल पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।
कार्यक्रम सैनामैना ७ देउवापारमा रहेको सभाहलमा आयोजना गरिएको थियो। यस रक्तदान कार्यक्रमले स्थानीय समुदायमा रक्तदानको महत्त्वलाई प्रोत्साहन गरेको र रक्त अभावको समस्या समाधान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको अध्यक्षले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
640
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.