Search
Close this search box.

सैनामैना, जर्लैया, चिसापानी, टाली, बरौलि, र रामापुर क्षेत्रमा भोलि विद्युत सेवा अवरुद्ध हुने

नेपाल विद्युत् वितरण केन्द्र, बुटवलले सूचना जारी गर्दै भोलि मिति २०८१/०२/२४ गते बिहिवार, बिहान ६:०० बजे देखि दिउँसो १२:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ।

सैनामैना वडा नं ११ जर्लैया, चिसापानी, टाली, बरौलि र सैनामैना वडा नं ६ रामापुर क्याम्पस चोकदेखि दुधराक्ष चोकसम्म मर्मत कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रहरूमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने छ।

विद्युत् वितरण केन्द्रले सर्वसाधारणलाई सम्भावित असुविधाका लागि अग्रिम माफी माग्दै आवश्यक जानकारीका लागि सम्पर्क नम्बर 071-440111 मा सम्पर्क गर्न सकिने जनाएको छ।

विद्युत् सेवा अवरुद्ध हुने यस अवधि भित्रका कार्यहरू पूर्व तयारी गरेर विद्युत् कटौतीको प्रभाव कम गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.