Search
Close this search box.

विश्व वातावरण दिवसकोअवसरमा ग्यालेक्सी स्कुलमा विविध कार्यक्रम सम्पन्न

जेठ २३ बुधबार

सैनामैना ४ स्थित ग्यालेक्सी ई बोर्डिङ स्कुलले विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

विद्यालयमा रहेका रेडक्रस ,बाल क्लब र स्कुल क्याप्टेन को आयोजना रहेको कार्यक्रममाअन्तर सदनात्मक कविता प्रतियोगिता , वक्तृत्वकला ( अङ्ग्रेजी ) प्रतियोगिता , स्पिलिङ कन्टेस प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी रहेका थिए । वातावरण शीर्षकमा कविता प्रतियोगितामा तिलिचो सदनका अभिषेक वि क विजय भएका थिए ।त्यसै गरि वक्तृत्वकला प्रतियोगितामा सगरमाथा सदनकी सिजल सुवेदी विजयी भएकी थिइन ।साथै स्पिलिङ्ग कन्टेस प्रतियोगितामा रारा सदनका सिद्धार्थ उपाध्याय, आयुसा चापागाईं ,आरोग्य खनाल ,वर्षा पोख्रेल प्रथम तथा सगरमाथा सदनका सिजल सुवेदी , न्यान्सी थापा, दिक्षित पछाइ, दिपु थापा र प्रवेश न्यौपाने द्वितीय हुन सफल भएका छ्न । त्यसै गरि मनोरञ्जनात्मक खेलमा सिजल सुवेदी प्रथम भएको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारी दिनुभयो ।

हाम्रो भूमी हाम्रो भविष्य नाराका साथ विद्यालयमा रहेको युवा रेडक्रसले गमलामा फूल रोपेर विश्व वातावरण दिवस मनाएको छ ।

विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम ले फूलमा पानी राख्दै स्वच्छ वातावरण भए हाम्रो जीवन पनि स्वच्छ र हराभरा हुने भएकाले यस्तो कार्य गरेकोमा रेडक्रसका सम्पूर्ण सदस्य तथा शिक्षक नायक प्रकाश अधिकारीलाई धन्यवाद दिनुभयो ।

विद्यालयका शिक्षक दधिराम भट्टराईको अध्यक्षता ,विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम र सह प्रधानाध्यापक भीम बहादुर थापा ,राज उपाध्याय को विशेष आतिथ्य रहेको कार्यक्रममा स्कुल क्याप्टेन अश्विना न्यौपाने र आदित थापाको सञ्चालनमा सम्पन्न भएको थियो । source:Radio sainamaina

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.