Search
Close this search box.

अन्तराष्ट्रिय बडिबिल्डिङमा भाग लिने कृष्णलाई बिदाई

बुटवल, १९ जेठ
अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने रुपन्देहीका कृष्ण प्रसाद श्रेष्ठलाई शनिबार शुभकामना तथा बिदाई कार्यक्रम गरिएको छ । माल्दिभको मालेमा हुने १४ औ साउथ एशियन बडिबिल्डिङ एण्ड फिजिक्स प्रतियोगितामा भाग लिन सैनामैनाका श्रेष्ठलाई रुपन्देही जिल्ला पावर लिफ्टिङ संघले बिदाई तथा सहयोग रकम हस्तान्तरण गरेको हो ।

५५ औ एशियन शारिरिक सुगठन च्याम्पियनसिप २०२३ मा सेकेण्ड रनरअप रहेका श्रेष्ठ माल्दिभको मालेमा जुन ६–१० सम्म हुने प्रतियोगितामा ८० केजी तौल समुहमा भाग लिदै छन ।

Change text alignment

बुटवल फिटनेश एण्ड जिम सेन्टर र निर्बोध एरोबिक एण्ड जिमको सहयोगमा गरिएको कार्यक्रममा रुपन्देही जिल्ला पावर लिफ्टिङ संघका सचिव तथा पुर्व प्रशिक्षक केशव बहादुर शाक्यले फिटनेश खर्चिलो खेल भएको भन्दै यसमा सरकारको ध्यान जान नसकेको दुखेसो गरे । खेलाडी आफनै लगानी र खर्चमा देशको नाम अन्तराष्ट्रिय मन्चमा चिनाउ सफल भैरहेको उनले बताए ।

कार्यक्रममा रूपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठ, रुपन्देही जिल्ला पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल स्ट्रेन्थ लिफटिङ संघका केन्द्रिय सदस्य तथा सल्लाकार बिजेन्द्रमान श्रेष्ठले आफ्नै खर्चमा खेलाडी खेल्ने अवस्था अन्त्य गरि सरकारबाट नीतिगत रुपमा योजना ल्याउनुपर्ने बताए । source:newsbutwaltoday

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.