Search
Close this search box.

दुई दिने मानसिक तथा मनोसामाजिक सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न : सैनामैनामा

सैनामैना

सैनामैना नगरपालिकामा दुई दिने मानसिक तथा मनोसामाजिक सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
रूपन्देही जिल्लाको सैनामैना नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्ति, अभिभावक, दलित, जनजाति, एकल महिला तथा एकल पुरुषका लागि दुई दिने मानसिक तथा मनोसामाजिक सचेतना अभिवृद्धि कार्यक्रम बुटवलस्थित अपाङ्गता महिला सङ्घको आयोजना एवं टेवा नेपालको सहयोगमा सम्पन्न भएको छ ।‌
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले पछिल्लो समयमा यसबारे सम्पूर्ण मानिसलाई नै यस कार्यक्रममा जोड्न सके अझै उत्कृष्ट रहने र धेरै मानिसहरू काम बिनाका भएको कारणले अहिले धेरै मानिसमा सोच्ने कुराले गर्दा उनीहरूमा धेरै खालका नकारात्मक वितृष्णाहरू पैदा भएको कुरा पनि व्यक्त गर्नुभयो। आजभोलि सबै मानिसलाई इलेक्ट्रोनिक डिभाइस अर्थात् मोबाइलले एक्लोपन गराइदिएको छ जब मानिस एकाग्र भएर मोबाइलमा आफ्नो समयलाई बिताउन थाल्छ अनि मानिस एकपछि अर्को गर्दै उसले धेरै कुराहरुलाई असर गरिरहेको कुरा पत्तै पाउँदैन। त्यही कारणले पनि हामीले यस्ता खालका डिभाइसहरुबाट अलिकति पर रहेर गाउँ समाज र राष्ट्रका लागि नै एक आपसमा छलफल र बहस गर्न र आत्मयतालाई अझै नजिकबाट गाँस्नु पर्ने बेला आएको कुरा व्यक्त गर्नुभयो।
उक्त दुई दिनसम्म रहेको कार्यक्रममा काठमाडौँबाट आउनुभएका सीएसआर नेपाल परियोजनाका विकासकर्ता बसन्त भट्टले कार्यक्रममा आउनुभएका व्यक्तिहरूलाई के कसरी हामी सहज ढङ्गबाट जीवनलाई उत्कृष्ट बनाउन सक्छौँ। कस्ता कार्यहरू गर्दै गर्दा हामीलाई सहज हुने र कस्ता कार्यहरूले हाम्रो दैनिक जीवनमा असर गर्ने र समय सँगसँगै हामीहरुले आफ्नो दैनिक जीवनलाई केही हदसम्म भएपनि स्वास्थ्यलाई ख्याल गरी अगाडि बढ्यौँ र खानपान बिहान साँझ शारीरिक अभ्यास गर्यौ भने हामी स्वस्थ सँगसँगै मानसिक रुपमा पनि स्वस्थ रहने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण सँगै कार्यक्रमको सञ्चालन कल्पना ढकालले गर्नुभएको थियो भने उक्त कार्यक्रममा सैनामैना नगरपालिका भित्रका ३५ भन्दा धेरैको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.