Search
Close this search box.

सैनामैना पर्रोहा परमेश्वर माविमा स्काउटको तालिम

कृष्ण भण्डारी
सैनामैना नगरपालिकाको रानीबग्यमा अवस्थित रहेको यस क्षेत्रकै पुरानो विद्यालय मध्यको एक सैनामैना मावि
स्काउट सम्बन्धी तालिम आफ्ना विद्यार्थीलाई प्रदान गरेको छ।
नेपाल स्काउट लुम्बिनी प्रदेश र सैनामैना ओपन स्काउट क्रिउ स्थानीय स्काउट परिषद द्वारा आयोजित “सर्फ स्मार्ट 2.0” कार्यक्रम आज सैनामैना पर्रोहा‌ परमेश्वर मा वि मा सम्पन्न भएको छ उक्त कार्यक्रम लुम्बिनी प्रदेशका MTOT शिवम घिमिरे र विशाल पाण्डे लगायत सम्पूर्ण क्रीउ सदस्यहरुको सकृय सहभागीतामा सैनामैना मा वि का नव्बो जना स्काउटहरूको सक्रिय उपस्थितिमा सम्पन्न भएको छ ।

“सर्फ स्मार्ट 2.0” भनेको युवा पुस्तालाई डिजिटल संसारमा सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यले तयार गरिएको शैक्षिक कार्यक्रम हो। सहभागीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल व्यवहारका बारेमा जानकारीका साथै कार्यक्रममा अनलाइन सुरक्षा, डेटा गोपनीयता, साइबर बुलिंग, र डिजिटल नागरिकताको महत्त्वबारे स-चेतना साथै सम्पुर्ण स्काउटहरुका माझ ज्ञान प्रदान गरिएको थियो । जसले बिद्यार्थीहरुलाई डिजिटल प्लेटफर्महरूमा सुरक्षित र सकारात्मक तरिकाले डेटा कसरी संलग्न हुने भन्ने कुरामा अबगत गराएको छ ।

“सर्फ स्मार्ट “कार्यक्रम गर्न प्रेरित गर्नु हुने विद्यालयका प्राचार्य नेत्र पुरी, स्काउट मास्टर कनैयालाल सिंह, कल्पना राना लगायत सम्पूर्ण विद्यालय परिवारलाई सैनामैना स्काउट क्रिउको तर्फबाट हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.