Search
Close this search box.

सैनामैना-३ मा लोकसेवा तयारी कक्षाको समापन


२०८१ जेठ १८
सैनामैना नगरपालिका वडा नं.३ मा लाेक सेवा तयारी कक्षाकाे समापन भएको छ । सैनामैना वडा नम्बर-३ को आर्थिक सहयाेग तथा सैनामैना संचार प्रा.लिकाे आयोजनामा १५ दिन सम्म संचालन भएको लोक सेवा तयारी कक्षाको बिहिवार एक कार्यक्रमको बिच समापन गरिएको हो ।


उक्त तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा सैनामैना वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले विधार्थिहरुलाई लगनशील भएर पढ्न आग्रह गर्नुभयो । उहाँले लोकसेवा तयारीमा रहेको विधार्थी भाईबहिनीहरुलाई लोकसेवा सेवामा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । १५ दिने तयारी कक्षाले सिकएको ज्ञान, विधि र तरिकाले लाेकसेवा परीक्षाका लागि सहयोगी बन्ने बताउदै विधार्थिहरुले अवसरको खोजी गर्दै मेहनति र लगनशील हुनुपर्ने जोड दिनुभयो ।
अध्यक्ष पुर्जाले वडाकाे विकास निर्माणको काम संगै आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे ।


कार्यक्रममा वडा सदस्य मिरा क्षेत्रीले विधार्थिहरुलाई यस कक्षाबाट सिकेकाे पढाईलाई उपयोग गरि स्वदेशमै राष्ट्र सेवक बनेर देशको सेवा गर्नुपर्ने जोड दिदै उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।


प्रशिक्षक सैनामैना-३ का वडा सचीव पुण्य आचार्य र केशब पाैडेलले छोटो अवधिमा सिकेका ज्ञानलाई प्रयोग गर्दै मेहनतका साथ अघि बढ्न सुझाव दिनुभयो । सहभागीहरुलाई सिकेको सिकाईको उपयोग गर्दै अवसरको पहिचान गरि निरन्तर मेहेनत र संघर्ष गर्दै अगाडी बढ्न सके सफलता अवश्य मिल्ने बताउँदै आगामी दिनमा आफुहरुबाट हुने सहयोग सदैब रहने आश्वासन दिनुभयो ।


कार्यक्रममा सैनामैना नगर कार्यापालिका सदस्य कर्ण बहादुर कार्की, जमुना पुन सुनार, किस एफएमका एमडि कृष्ण भण्डारी, रेडियो टाइम्सका एमडि नरेश चौधरी, रेडियो सैनामैनाका स्टेशन म्यानेजर अनिता चौधरी लगायतको आतिथ्यता रहेकोे थियोे ।


जेठ १ गतेबाट शुरु भएको लोकसेवा आयोग तयारी कक्षा १५ दिन सम्म वडा कार्यालयको सभाहलमा संचालन भएको थियोे । लोकसेवा तयारी कक्षामा वडाबाट महिला र पुरुष गरि ३० जना यूवा बिद्यार्थी भाइबहिनीहरुको सहभागिता रहको थियो । वडामा कक्षा ११, १२ र वि.एड अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरेर लाेक सेवा कक्षा संचालन गरिएको हो।


सैनामैना सञ्चार प्रा लिका अध्यक्ष टीका खरेलकाे अध्यक्षता तथा सैनामैना-३ का वडा अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा किस एफ एमका एमडि कृष्ण भण्डारीको स्वागत तथा पत्रकार विमल गैरेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.