Advertisement
Search
Close this search box.

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

Advertisement
sainamainakhabar.com

१४ साउन ।

निर्वाचन आयुक्तमा सिफारिश भएका कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिएका छन् ।

नैतिक चरित्रमा व्यापक प्रश्न उठेपछि संसदीय समितिले उनको नाम अनुमोदन नगर्ने तयारी गरेको थियो । समितिले आफ्नो नाम अनुमोदन नगर्ने सम्भावना देखेपछि प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको र यसबारेमा आजै बेलुका ५ बजे बस्ने समितिको बैठकले निर्णय गर्ने जानकारी दिए ।

आजै नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक बैठक डाकेर प्रधानको नाम अनुमोदन गर्न नहुने निष्कर्ष निकालेकाे बताइएको छ । प्रधानमाथि यौन शोषणको आरोप लागेको र यसबारेको मुद्दामा मिलापत्र गरेको प्रमाणसमेत भएकाले निर्वाचन आयोगको आयुक्त बनाउन योग्य नभएको सांसदहरूको राय छ ।

सुनुवाइ समितिका धेरै सदस्य यौन शोषण मुद्दा पैसा दिएर मिलापत्र गरेका प्रधानको उच्च नैतिक चरित्र नभएको र प्रधानले दिएको जवाफसमेत चित्तबुझ्दो नभएकाले निर्वाचन आयुक्तमा सिफारिश गर्न नहुने पक्षमा छन् ।

संसदीय समितिबाट अस्वीकृत भएपछि आफ्नो नैतिक चरित्रमा थप प्रश्न उठ्ने र कानूनी रूप लिने भएपछि प्रधानले आफैँ नाम फिर्ता लिने बाटो रोजेका हुन् । गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

Advertisement

सैनामैना अपडेट

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

सालझण्डी प्रहरीद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका  प्रहरी कार्यालय  सालझण्डीले  जनचेतनामूलक  अन्तरक्रिया कार्यक्रम गरेको छ  ।   ईलाका  प्रहरी कार्याल सालझण्डीको आयोजनामा...

राजनीति

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्न...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आ...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

सत्ता समीकरण दलहरुको बैठक बस्दै

आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको ...
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख...

खेलकुद

1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.