Advertisement
Search
Close this search box.

जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

Advertisement
sainamainakhabar.com

विधान संशोधनको कुरा गरेर दुई ठूला दलले मुलकमा नयाँ द्वन्द्वको बिउ राेपेकाे आराेप

सैनामैना, ६ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा सफल भएको दाबी गरेका छन् ।

आज बसेकाे लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले संसदको सबैभन्दा ठूलो दल र दाेस्राे ठूलो दलले सरकारकाे नेतृत्व गर्न नसकेर ३२ सिट जितेको पार्टीका अध्यक्ष प्रचण्डलाई सरकारकाे नेतृत्व सुम्पिनु त्यसको उदाहरण भएको दाबी गरेका हुन् ।

राजीनामा दिनुअघि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले माओवादी नेतृत्वको सरकारले केन्द्र र प्रदेश दुवै तिर राम्रा काम गरेको, जनतामा निराशा चिर्न सफल भएको र समकालीन नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सफल व्यक्ति भएको बताए । ‘जनताका निराशालाई आशामा बदल्ने अठोटका साथ अध्यक्ष प्रचण्ड अघि बढीरहनु भएको थियो,’ उनले भने, ‘तर ८८ र ७८ सिटलाई मिलाउँदै सफलता पूर्वक सत्ता संचालन गर्न सक्नु नै गौरव हो, त्यही नै सफलता हो ।’

छोटो अवधिमा पनि आफु नेतृत्वको प्रदेश सरकारले केही आशा लाग्ने काम गरेको बताउदै उनलेे राम्रा कामहरूलाई निरन्तरता दिन अब बन्ने सरकारलाई आग्रह गरे ।

असार मसान्तको नजिकै आफु अल्पमतमा परेपनि आफ्नो जिम्मेवारी पुरा गर्नका लागि तत्काल राजीनामा नदिएको भन्दै उनलेे असार मसान्तसम्म पर्खेकाे भए आफुले साउन १ भित्रै राजिनामा दिने मनस्थितिमा रहे पनि त्यसाे नभएकोले आजसम्म सरकारको नेतृत्व गरिरहेको बताए ।

‘मैले एमालेका साथीहरुलाई पनि कम्तिमा असार मसान्तसम्म पर्खिनुस भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँहरुले मान्नु भएन, बिचैमा छोडेर हिंडनु भयो, मैले छोड्न मिलेन र आजसम्म आफ्नो जिम्मेवारी पुरा गरें ।’ स्पष्ट अल्पमतमा परेकाले अब बस्न उचित हुँदैन भन्ने लागेकाले राजीनामा दिने निर्णयमा पुगेको उनले बताए । सरकारमा मुख्यमन्त्रीको रुपमा रहेर काम गर्ने क्रममा मन्त्री र कर्मचारीले निकै माया गरेको पनि उनले बताए । ‘सबैको सहमतीमा बजेट ल्याएका छौं,’ उनले भने, ‘त्यसलाई कार्यान्वयनमा लैजानु होला, मेरो अनुरोध छ ।’ आफु नेतृत्वको सरकारले अघि सारेका योजनाहरुलाई कार्यान्वयनमा लैजाने विश्वास उनले विश्वास व्यक्त गरे ।

संविधान संशोधनमा नाममा दुई ठूला दलले द्वन्द्वकाे बिउ राेपेकाे भन्दै उनलेे प्राप्त उपलब्धिहरूलाई उल्ट्याउन खाेजिए जनस्तरबाटै प्रतिवाद हुने चेतावनी दिए ।

२००७ साल यता २०६२/०६३ सम्मका क्रान्तिहरू सबै अधुरो र सम्झौतामा टुंगिएको भन्दै उनलेे त्यसैको फलस्वरूप नेपालमा राजनीतिक स्थायित्व कायम हुन नसकेको दाबी गरे ।

Advertisement

सैनामैना अपडेट

जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

सालझण्डी प्रहरीद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका  प्रहरी कार्यालय  सालझण्डीले  जनचेतनामूलक  अन्तरक्रिया कार्यक्रम गरेको छ  ।   ईलाका  प्रहरी कार्याल सालझण्डीको आयोजनामा...

राजनीति

जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्न...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आ...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

सत्ता समीकरण दलहरुको बैठक बस्दै

आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको ...
जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

जादाजादै लुम्बिनीका मुख्यमन्त्री महराले भने-प्रचण्ड सफल नेता

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख...

खेलकुद

1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.