३ असाेज ।
रुपन्देहीको भैरहवाबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देहीको मर्चवारी गाउँपालिका–१, शैलेसकुमार सहानी, कोटहीमाई–२, का रामकरण हरीजन र भारतको महाराजगन्जस्थित नौतनवाका सुरज कुम्हाल रहेका छन् ।
रूपन्देहीको सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरु सवार मोटरसाइकल र स्कुटर रोकेर जाँच गर्ने क्रममा लागू औषध बरामद गरिएको हो ।
उनीहरुकाे साथबाट फेनरागन ६ सय एम्फुल, डाइजेपाम ६ सय एम्फुल, टालजेसिक ६ सय एम्फुल, लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम बरामद गरिएको छ । साथै लु११प ४१०२ नम्बरको मोटरसाइकल र लु३३प ७२६ नम्बरको स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मनोहरप्रसाद भट्टले बताए ।