१७ साउन ।
सहकारी पीडितहरुले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।
सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनिहरूले बिहीबार काठमाडौंको रत्नपार्कमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
गत जेठमा सरकारले सहकारी पीडितहरूको बचत फिर्ता गर्ने सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले मुखमा टेप लगाएर सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका थिए ।
उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।