Advertisement
Search
Close this search box.

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

Advertisement
sainamainakhabar.com

१५ साउन ।

दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर सुधार गर्नको लागि उपभोक्तालाई विक्रि गर्नुपूर्व नै गुणस्तर परिक्षण गरेर विक्रि वितरणको प्रवन्ध मिलाउन स्वयम् दुग्ध व्यवसायीले माग गरेका छन् ।

आफूहरुले नै न्यूनगुणस्तरको दुध खरिद गर्नुपरेको बताउँदै उनिहरूले इन्ट्रि पोइन्टमै परीक्षण गर्ने र गुणस्तरहिन दुधलाई विक्रि वितरणमा प्रतिवन्ध लगाईयो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम राख्न सकिने बताए ।

राष्ट्रिय खीर दिवसको पूर्वशन्ध्यामा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को सम्बन्धमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै दुग्ध व्यवसायीहरुलाई उपभोक्तालाई विक्रि वितरण गर्नुपूर्व नै दुधको गुणस्तर परीक्षण गरेर मात्रै विक्रि वितरणको प्रवन्ध मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले व्यवसायी व्यवसायी मात्रै नभएर उपभोक्ता पनि भएकाले उपभोग्य बस्तुको गुणस्तरमा स्वयम व्यवसायीले ध्यान दिनुपर्ने बताए । उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लागु हुने मिति नजिकिँदै गर्दा त्यसको कार्यान्वयनमा सबैको चासो रहेको बताए । विकसित मुलुकमा प्रमाणीकरण नगरी आफैले उत्पादन गरेको आफैले पनि उपभोग नगरिने दृष्टान्त प्रस्तुत गर्दै उनलेे खाद्य स्वच्छता र गुणस्तरीय बस्तुको उपलब्धतामा सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उपभोक्ताले उपभोग गर्ने दुधको खाद्य स्वच्छता र गुणस्तर सुधा गर्नको लागि ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले डिडिसी लगायतका दुग्धजन्य उद्योगमा रोकिएको किसानको बक्यौता चाडो भुक्तानीको प्रवन्ध मिलाउन पनि आग्रह गरे ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले खाद्य स्वच्छता र गुणस्तर बृद्धिका लागि एकले अर्कालाई देखाउने भन्दा पनि सबैले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने त्यो सुधार गर्न कुनै समस्या नहुने धारणा राखे ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा रहेका प्रावधानका बारेमा जानकारी गराउनु भएको थियो ।

मावन स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्न पुरानो खाद्य ऐन २०२३ लाई विस्थापित गरी २०८१ बैशाख २३ गते खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो । यो ऐन प्रभाणीकरण भएको मितिले ९१ दिनमा लागु हुनेछ ।

त्यस्तैगरी लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाहले दुधको खाद्य स्वच्छता र गुणस्तरका विषयमा प्रस्तुती गरेका थिए ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले दुधको विक्रि वितरण गर्ने विक्रेतालाई सम्बन्धित पालिकाले सूचिकृत गरेर बजारमा पठाउन तयार भएको दुधको खाद्य स्वच्छता तथा गुणस्तर नापजाँच गरेर मात्रै विक्रि वितरणको प्रवन्ध गर्नुपर्नेमा जाेड दिए । उनले दुधको स्रोतमै समस्या रहेको भन्दै स्रोतलाई नै सुधार गर्नेगरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव प्रतिक पोखरेल लगायतले भनाई राखेका थिए ।

Advertisement

सैनामैना अपडेट

राजनीति

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग”

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.