Search
Close this search box.

गर्मीमा नवलपरासीको हालः पाँच दिनसम्म भएन विद्युत मर्मत

२३ जेष्ठ २०८१, बुधबार

पश्चिम नवलपरासीमा गत बिहीवार आएको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा अझै पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन् । सरावल र बर्दघाटका विभिन्न स्थानमा विद्युत सेवा अझै सुचारु हुन नसक्दा जनजीवन कष्टकर भएको छ ।
गर्मीको समयमा ५ दिनसम्म विद्युत अवरुद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य भएका छन् । धेरै स्थानमा पोल ढलेका कारण अझै पनि पोल गाड्ने र तार तान्ने काम भईरहेपनि पुरा हुन नसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झाले बताए । बुधवार सम्ममा सबै स्थानमा विद्युत प्रवाह हुने उनको भनाइ छ ।

तर लामो समयसम्म विद्युत अवरुद्ध हुने पनि र प्राधिकरणले छिटो विद्युत सुचारु गर्न तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सरावल २ का मधु तिमिल्सेनाले विद्युतका कर्मचारीले हदै सम्मको लापरवाही गरेको गुनासो गरे । कहिले एउटा कहिले दुई ओटा पोल गाडेर जाने, समयमै काम सक्न कुनै चासो नदिएका कारण ६ दिन देखि अन्धकारमा बस्नुपरेको तिमिल्सेनाको भनाई छ ।

यो गर्मीमा बालबालिका, वृद्धवृद्धा सबैलाई कति कठिन भयो होला, उनले भने तर दुई दिन भित्रै लाईन सुचारु गर्न सकिने भएपनि प्राधिकरणको लापरवाहीले गर्दा काम पुरा नभएको उनको दाबी छ । बर्दघाटका केही स्थानमा पनि विद्युत डिम आएका कारण समस्या भएको स्थानीयले बताएका छन् । बर्दघाट वितरण केन्द्रले फेरि पनि आएको हावाहुरीका कारण समयमै काम पुरा गर्न नसकिएको बताएको छ ।

यस्तै विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने सबै स्थानमा विद्युत प्रवाह भईसकेको जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा ढलेका पोल गाडेर विद्युत सेवा सुचारु गरिएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । बिहीवारको तीव्र गतिको हावाहुरीका कारण रामग्राम, सुनवल, सरावल, बर्दघाट, प्रतापपुर लगायतका स्थानमा १ सय २६ ओटा पोल ढलेका थिए भने विभिन्न स्थानका ट्रान्सर्फमरमा पनि क्षति पुगेको थियो । source:newsbutwaltoday

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.