Search
Close this search box.

ललितपुरकाे गाेदावरीका मेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब रुपैयाँभन्दा धेरै बिगाे दाबी

सैनामैना– ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित नौ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख र पाँच वटा कम्पनीसहित ती कम्पनीका सञ्चालकलाई विपक्षी बनाएर भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

गोदावरी नगरपालिकाको ढुङ्गा–गिट्टी बिक्री/वितरण गर्दा सरकारी दर/रेटभन्दा कम गरी सरकारलाई हानी/नोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । अख्तियारले ठेक्का लगाउँदा प्रदेश आर्थिक ऐनअनुसार राजस्व दरभन्दा कममा असुल गरी प्रदेश र पालिका सरकारलाई नोक्सानी पुर्‍याएकाे दाबी गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० को अवधिमा खानीजन्य ढुङ्गा/गिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार दुई सय ८७ रुपैयाँ हानी/नोक्सानी पुर्‍याएकाे ठहर भएको अख्तियारले जनाएको छ ।

प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को पालिका चुनावमा पनि गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.