Search
Close this search box.

नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । बार्बाडोसको ब्रिजटाउनमा भएको समूह ‘बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो । सुपर ओभरमा नामिबियाको तर्फबाट डेभिड विजे र गेर्हार्ड इरास्मसले ब्याटिङ गरे भने ओमानका लागि बिलाल खानले बलिङ गरे । त्यस्तै सुपर ओभरमा ओमानका अकिब इलियास र जिसन मक्सुदलाई नामिबियाका डेभिड विजेले १० रनमै रोक्न सफल भए ।

ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल टाइ भएको हो । मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको हो ।

अन्तिम ओभरमा जितका लागि नामिबियालाई ५ रन मात्र चाहिए पनि एकपछि अर्को विकेट गुमाएपछि हार बेहोरेको हो । निकै नै किफायती बलिङ गरेका मेहरन खानले अन्तिम ओभरको पहिलो र तेस्रो बलमा २ विकेट लिए । त्यस्तै अन्तिम ओभरको दोस्रो बल डट फ्याँकेका उनले चौथो बलमा १ रन, पाँचौँ बलमा २ र छैँटौँ बलमा १ रन दिएका थिए ।

नामिबियाका लागि जेन फ्राइलिंकले ४५ रन बनाए । त्यस्तै निकोलस डेभिनले २४ रन बनाउँदा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाए ।

ओमानका लागि मेहरन खानले ३ ओभरमा मात्र ७ रन दिई ३ विकेट लिए । त्यस्तै बिलाल खान, अकिब इलियास र आयान खानले १/१ विकेट लिए ।

यसअघि केन्सिंग्टन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको थियो । ओमानका खालिद कैलले सर्वाधिक ३४ रन बनाए । त्यस्तै जिसन मक्सुदले २२, आयान खानले १५ र शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.