Search
Close this search box.

सैनामैनामा शिक्षक नायक गाेष्ठि कार्यक्रम सम्पन्न

२०८१ जेठ १९

नेपाल रेडक्रस साेसाईटि सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजना तथा दुर्गा भवानी माध्यमिक विधालयकाे आतिथ्यतामा शिक्षक नायक गाेष्ठि कार्यक्रम सम्पन्न भएकाे छ ।

दुर्गा भवानी माध्यमिक विधालयको सभाहलमा आज सैनामैनाका उपशाखा अन्तर्गत रहेका १४ वटा सामुदायिक एवं निजी विधालयका शिक्षक नायक तथा सहनायकहरुबीच शिक्षक नायक गाेष्ठि कार्यक्रम सम्पन्न भएकाे हो ।

कार्यक्रम उपशाखाका सभापति मिना भण्डारीकाे अध्यक्षता दुर्गम भवानी माध्यमिक विधालयका सहायक प्रधानाध्यापक लेखनाथ खनालकाे विशिष्ट आतिथ्यता, उपशाखा अन्तर्गतका १४ विधालयका शिक्षक नायकहरुकाे आतिथ्यता तथा रेडक्रस उपशाखा कार्यसमिति सदस्यहरु लगायत ३५ जनाकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा स्विच परियाेजनाका सहजकर्ता डिल्लिराज जाेशि र संस्थाका काेषाध्यक्ष एवं कार्यक्रम संयाेजक विक्रम पाैडेल, दुर्गा भवानी विधालयका शिक्षक नायक सुर्य विक्रम राना , विधालयका सहायक प्रधानाध्यापक लेखनाथ खनाल तथा शिक्षक नायकहरुले आफ्ना धारणा राख्नुभएकाे थियो ।

सभापति मिना भण्डारीले कार्यक्रमकाे उदेश्य, रेडक्रस र मानवियकार्य , युरेस जुरेस गतिविधि, उपशाखा, विधालय र सर्कलहरुबीको समन्वयमा शिक्षक नायककाे भुमिका लगायतका विषयमा प्रकाश पार्नुभएकाे थियाे

कार्यक्रम यश उपशाखाका उपसभापति दिव्या पाैडेल पंगेनीकाे स्वागत तथा संस्थाका सचिव थानिश्वर न्याैपानेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.