Search
Close this search box.

जियोकृषिद्वारा हात हातमै कृषि ज्ञान वितरण गर्दै

कृष्ण भण्डारी
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ बबनी आज जियो कृषि ई चौतारी अनलाइन कार्यक्रम सम्पन्न भएको छ ।

विशेषगरी पछिल्लो चरणमा संसार नै प्रविधिमैत्री भएको हुँदा जियो कृषिले हात हातमै हामीले प्रयोग गर्ने मोबाइलमा नै सम्पूर्ण खाले कृषकलाई चाहिने जानकारीहरु उपलब्ध गराई सहज र सरल ढङ्गबाट घरमै त्यो पनि आफूले काम गर्ने खेतबारी वा करेसाबारीमा नै बसेर नै यसबारे सजिलैसँग प्रयोगात्मक ढङ्गबाट नै सरलता पूर्वक ज्ञान लिन सकिने कुरा बारे जानकारी गराएका थिए ।

यो समयमा विशेषगरी लिची र आँपमा लाग्ने रोग, किरा र त्यसको व्यवस्थापनबारे पूर्व बाली वरिष्ठ बाली संरक्षण अधिकृत ‌थमन बहादुर कार्कीले यसका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बाडगंगा नगरपालिकाबाट कृषि शाखा प्रमुख लेख बहादुर केसी र पशु शाखा प्रमुख राजकुमार तिवारीको पनि उपस्थिति रहेको थियो।

त्यस्तै उक्त कार्यक्रममा यस बारेमा प्रष्ट पार्दै
कार्यक्रममा सहभागी रहनुभएका २८ जनालाई विशेष खालको परामर्श जियो कृषि बाणगंगा नगरपालिकाका सहजकर्ता ज्योति सुनारले प्रमुख भूमिका खेल्नुभएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा सृजनशील आईपीएम पाठशालाका अध्यक्ष इन्द्रलाल डुम्रेको अध्यक्षता एवं कार्यक्रमको सञ्चालन जियो कृषि कार्यक्रमका संयोजक विनोद विकले सञ्चालन गर्नुभएको थियो भने उहाँले अबको पुस्तासँगै जो कोहीले पनि जियो कृषि एप मोबाइलमा डाउनलोड गरी सजिलैसँग आफूले लगाउने बालीनालीका विषयमा सम्पूर्ण प्रकारका ज्ञान लिन सकिने कुरा समेत प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.