Advertisement
Search
Close this search box.

राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

Advertisement
sainamainakhabar.com

रुपन्देहीको सियारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा शनिबार सम्पन्न शिविरमा ६ सय जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
बुटवलको एड्मण्ड सिटी अस्पतालको प्राविधिक सहयोगमा सियारी गाउँपालिका वडा नं. ४ स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा जनरल फिजिसियन एवम् क्लवका सदस्य डा. नन्दु पाठक, स्त्री तथा प्रसुति रोग विशेषज्ञ क्लवका सदस्य डा. सतिष रुपाखेती, हाडजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. प्रकृतिराज कंडेल, पेट, छाती मुटुरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गुप्ता लगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
त्यस्तै शिविरमा सर्जरी, भिडियो एक्स–रे, बालरोग, जनरल फिजिसियन, दन्तरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायतको स्वास्थ्य परीक्षण गरिएको क्लबका सचिव अर्जनु प्रसाद आचार्यले जानकारी गराउनु भयो । शिविरमा ९० वर्षिया सुर्यकला सुवेदीको स्वास्थ्य परीक्षण गरेर सुरुवात गरिएको थियो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको क्षेत्रलाई छनौट गरेर शिविर सञ्चालन गरेकामा क्लवलाई धन्यवाद दिनुभयो ।
त्यस्तै सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गाउँपालिकाबासीको स्वास्थ्यप्रति पालिका सचेत हुनुका साथै आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य संस्थामा नागरिकको पहुच बढाउनको लागि क्लवले ल्याएको शिविरमा पालिकाले सहयोग गरेको बताउनु भयो ।
क्लबका अध्यक्ष देवीराम पाण्डेले मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले ग्रामिण जनताको स्वास्थ्य सुरक्षामा सचेत गराउनको लागि शिविरको आयोजना गरिएको बताउनु भयो । उहाँले क्लवले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यक्रमको गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि अझ प्रभावकारी र व्यवस्थित रुपमा क्लबको गतिविधिलाई अघि बढाउने बताउनु भयो ।
एडमण्ड सिटी अस्पतालका व्यवस्थापक मुक्ति काफ्लेले स्वास्थ्य शिविरमा चेकजाँच गर्दा स्वास्थ्यमा समस्या देखिए त्यस्ता बिरामीलाई अस्पतालको ओपिडी टिकट निःशुल्क गर्नुका साथै अन्य सेवामा पनि २० प्रतिशत छुट दिइने जानकारी गराउनु भयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डोलराज गैरे, पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल लगायतले भनाई राख्नुभएको थियो ।
सियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका भगिनी संस्थाहरु रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ शुद्धोधन र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह सह–आयोजकको भूमिकामा थिए ।

Advertisement

सैनामैना अपडेट

राजनीति

राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

राटेरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ६ सय बढीको स्वास्थ्य परीक्षण

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.