Search
Close this search box.

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विशेष  जोड दिइएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले  प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पर्यटनलाई विशेष जोड दिइएको घोषणा  गरेका हुन् । 

कार्यक्रममा प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गर्दै आधुनिक सहर बनाउने कार्य अगाडि बढाउने घोषणा गरिएको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगलाई विशेष ध्यान दिई कर्मचारी व्यवस्थापन गरिने कार्यक्रम पनि घोषणा गरिएको छ  । कार्यक्रममा ‘व्यावसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि’ भन्ने नाराका साथ  प्रदेशका कृषि कार्यक्रम अगाडि बढाउने घोषणा समेत गरिएको छ । 

नीति तथा कार्यक्रममा माटो व्यवस्थापनका लागि थप कार्यक्रम लागू गरिने समेत जनाइएको छ भने रैथाने बालीलाई जोड दिइने जनाइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने दाबी गरिएको छ । 

कार्यक्रममा स्थानीय तहको सहरीकरणमा कृषि भूमि बैंक नीति लागू गरिने समेत उल्लेख । रोल्पा र प्युठान जिल्लामा अल्लो, गुल्मीमा गुड र कफी, नवलपरासीमा उखु र केरा, बर्दियामा चैते धान र मसुरो उत्पादनमा जोड दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै रुपन्देहीमा आलु, दाङमा तोरी र तरकारी, रोल्पा र रुकुममा स्याउ र वर्षे आलुलाई विशेष प्राथमिकता दिइएको छ। कपिलवस्तु र बाँकेमा भैँसी र माछा पालनमा जोड दिइएको छ । 

पर्यटन विकासका लागि रोल्पा, रुकुममा साहसिक खेल कार्यक्रम प्रवर्द्धन गरिने समेत जनाइएको छ । लुम्बिनीसँग जोडिएको देवदह, रामग्राम र तिरोकोटलाई सङ्घीय सरकारसँग सहकार्य गरेर थप पर्यटन आगमन गर्ने काम गरिने घोषणा समेत कार्यक्रममा गरिएको छ । 

image 7
प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.