Advertisement
Search
Close this search box.

विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

Advertisement
sainamainakhabar.com

तिलोत्तमा, १० कात्तिक ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले काँग्रेस–एमाले साझा सहमतिप्रति प्रतिवद्ध रहेकाले अरु कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन् ।

एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो नगर अधिवेशनको शनिबार उदघाटन गर्दै उनले मुलुकलाई निकास दिनका लागि दुई ठूला दलबिच समझदारी बनेको र यी दुईदलबिच एकता कायम रहेसम्म अरु कसैको चाहनामा सरकार तलमाथि नहुने बताए । विपक्षी दलहरुप्रति संकेत गर्दै उनले सरकार ढल्छ कि भनेर कोशिस भैरहेपनि त्यो पूरा नहुने बताए ।

सरकारले सय दिनमा गरेका काम सन्तोषजनक रहेको र अवका दिनमा पनि कार्ययोजना बनाएर सरकार अगाडि बढ्ने जानकारी दिंदै सचिव विश्वकर्माले कुनै भ्रममा नपरी सरकारले गरेका राम्रा कामको प्रचारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

“अहिले लहड र भ्रमका पछाडि लाग्ने प्रवृत्ति देखिएको छ, भ्रम सिर्जना गरेर केही हुँदैन, मुलुक आफ्नो दिशामा अगाडि बढ्छ”–उनले भने । सचिव विश्वकर्माले जनतालाईं भ्रममा पार्ने असफल कोशस भैरहेको भन्दै यसतर्फ सिंगो एमाले पंक्ति चनाखो भएर दृढतापुर्वक भ्रम चिर्न प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जनताका काम गर्नका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारमा एमाले नेतृत्वमा रहँदा थुप्रै राम्रा काम भएका तर एमालेले नेतृत्व गुमाउँदा विकासमा अलमलको स्थिति सिर्जना हुने गरेको बताए ।

पार्टीले लिएको नीति, विचार, योजना र कार्यक्रमका आधारमा सिंगो पार्टी पंक्ति परिचालित हुन सकेमात्रै एमाले आफ्नो लक्ष्य र उद्देश्यमा पुग्न सक्ने गैरेले बताए ।

त्यस अवसरमा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डे, उपाध्यक्ष नेत्र वन र सचिव मिनप्रसाद पोखरेलले नगर कमिटीले अगाडि सारेका योजना र कार्यक्रमबारे प्रकाश पारेका थिए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

image 76

Advertisement

सैनामैना अपडेट

विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

सालझण्डी प्रहरीद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका  प्रहरी कार्यालय  सालझण्डीले  जनचेतनामूलक  अन्तरक्रिया कार्यक्रम गरेको छ  ।   ईलाका  प्रहरी कार्याल सालझण्डीको आयोजनामा...

राजनीति

विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्न...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आ...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

सत्ता समीकरण दलहरुको बैठक बस्दै

आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको ...
विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

विपक्षीले चाहँदैमा सरकार ढल्दैनः छविलाल विश्वकर्मा

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख...

खेलकुद

1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.