दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमा छोरी घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची ४ कोठे घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए ।
घाइते उनीहरूलाई उपचारको लागिघोराही उपमहानगरपालिका ११ खुङकोटथियो । समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै घाइते आमाछोरीको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको समेत प्रहरीले जनाएको छ ।