Advertisement
Search
Close this search box.

अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

Advertisement
sainamainakhabar.com

 देश बाहिरका खेल मैदानमा कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालले आफूलाई सुधार गर्न नसक्दा क्यानडासँग पहिलो पटक हार व्यहोरेको छ । आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो अन्तरले नेपाल पराजित भएको हो । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका मुख्य ब्याटरहरुको प्रदर्शननै बिर्सन लायक बनयो । करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २(२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९/५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।

कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १(१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

अवे ग्राउण्डमा अझै पनि सुध्रिएन नेपालको ब्याटिङ, क्यानडासँग पहिलो पटक हार

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.