सैनामैना ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसमा वृक्षारोपण र रेडक्रस बाटिकाको शुभारम्भ सुभारम्भ गरिएको छ। “मानवतालाई जिवित राखौं” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा सैनामैना नगरपालिकाको वडा नम्बर ४ को राधाकृष्ण टोलमा वृक्षरोपण संगै रेडक्रस बाटिकाको शुभारम्भ गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले वृक्षरोपण सँगै रेडक्रस बाटिकाले यस क्षेत्रको नै जनजीवनलाई मेलमिलाप र आत्मयताको भावना वृद्धि गर्ने कुरा व्यक्त गर्नुभयो । पछिल्लो समयमा मानिसहरू एकअर्कामा चिनजान, परिचय भन्दा पनि आफ्नै घरमा बस्न थालेको हुँदा मोबाइलको प्रयोग र टेक्नोलोजीसँग नजिकिएकै कारणले आत्मियता र मेलमिलापको भावनाको वृद्धि हुने कुरासमेत व्यक्त गर्नुभयो । यस क्षेत्रका महानुभावहरूले यसलाई नगरकै उत्कृष्ट बाटिकाको रुपमा निर्माण गर्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका सैनामैना नगरपालिका वडा नं ४ का अध्यक्ष रामप्रसाद अधिकारीले आफ्नो वडामा रेडक्रस पार्टीका निर्माण गर्नका लागि सहजीकरण गर्नुहुने नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश र मुर्गिया शाखालाई विशेष विशेष धन्यवाद प्रकट गर्नुका साथै आगामी दिनमा यसको संरक्षण सँगसँगै यसलाई उत्कृष्ट बनाउनका लागि वडाले उल्लेखनीय सहयोग राधाकृष्ण टोलबासीलाई गर्ने कुरा समेत व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला सहकोषाध्यक्ष दिनेस पन्थी, नेपाल रेडक्रस सोसाइटी पर्रोहा शाखाका संस्थापक अध्यक्ष प्रेम बहादुर बांनिया, नेपाल रेडक्रस सोसाइटी पर्रोहा शाखाका अध्यक्ष मीना भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यालयका प्रमुख बिजया शर्माको स्वागत, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) को अध्यक्षता र संस्थाको सचिव थानेश्वर न्यौपानेले कार्यक्रमको संचालन गर्नु भएको थियो ।