Advertisement
Search
Close this search box.

सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

Advertisement
sainamainakhabar.com

सैनामैना, २०८१ भाद्र १२

सैनामैना, भाद्र १२ गते – नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा)को आयोजनामा तथा पर्रोहा माध्यमिक विद्यालयको आतिथ्यतामा सैनामैना-४ मा “मानवतालाई जीवित राखौँ” शीर्षकमा युरेस र जुरेस स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमको आयोजना विद्यालयको सभाहलमा गरिएको थियो।

कार्यक्रमको अध्यक्षता उपशाखा सभापति मिना भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा सैनामैना वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी, पर्रोहा माध्यमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर केसी, र रेडक्रसका पूर्व सचिव शिवलाल गौतम रहेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका करिब २५ जना विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

वक्तृत्वकला प्रतियोगितामा युरेस समूहतर्फ सुनगाभा पब्लिक माविकी छात्रा दिव्यानी गौतमले प्रथम स्थान प्राप्त गरिन्। द्दितीय स्थानमा प्रभात इङ्गलिश बोर्डिङ्ग सेकेन्डरी स्कुलकी छात्रा प्रकृति भण्डारी र तृतीय स्थानमा प्रभात स्कुलकै कुसुम कार्की रहेका थिए। जुरेस समूहतर्फ न्यु एकेडेमी बोर्डिङ्ग स्कुलकी छात्रा सदिक्षा थापा क्षेत्री प्रथम, रुपन्देही मोर्डन स्कुलकी छात्रा कृष्मा सापकोटा द्दितीय, र सैनामैना मेमोरियल बोर्डिङ्ग स्कुलकी छात्रा पार्सा खत्री तृतीय स्थानमा विजयी भए।

सफल विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गरियो। युरेस र जुरेसका प्रथम विजेताहरूले आगामी भाद्र १९ गते रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिने अवसर पाउनेछन्।

कार्यक्रमका प्रमुख अतिथि लालप्रसाद पंगेनीले रेडक्रसले विपद्को समयमा सरकारसँग सहकार्य गर्दै आएको बताउँदै, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो। सभापति मिना भण्डारीले मानवीय कार्यलाई निरन्तरता दिनका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम उपशाखाका सदस्य विवेक चालिसेको संयोजकत्वमा, कोषाध्यक्ष विक्रम पौडेलको स्वागत भाषण र सचिव थानिश्वर न्यौपानेको सञ्चालनमा सम्पन्न भयो।

Advertisement

सैनामैना अपडेट

राजनीति

सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

सुनगाभालाई उपाधि : वक्तित्वकला सैनामैना रेडक्रस

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.