Advertisement
Search
Close this search box.

सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

सुनगाभा स्कुलद्धारा विद्यार्थीलाई ट्राफिक नियम पालनाको महत्व सम्वन्धी कार्यक्रम
Advertisement
sainamainakhabar.com

सुनगाभा पब्लिक स्कुलको जुनियर रेडक्रस सर्कलद्वारा विद्यालयमा विद्यार्थीहरूका लागि एक विशेष जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाको महत्व बारे जानकारी गराउन जनचेतनात्मक कार्यक्रम गरेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यार्थीहरूको लागि अत्यन्तै लाभदायिक र उनीहरूलाई ट्राफिक नियमहरूबारे जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक तिलव केसीले कार्यक्रममा बोल्दै ूसुरक्षित समाजको निर्माणका लागि ट्राफिक नियमको पालनाको महत्त्वलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू देशको भविष्य हुन्, र उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। ट्राफिक नियमको पालना प्रत्येक नागरिकको कर्तव्य हो र यसले जीवन रक्षाको सुनिश्चितता दिन्छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूको चेतनामा वृद्धि गरी उनीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने जानकारी गराउनुभयो ।

विद्यालयका सहप्राचार्य कमलचन्द्र पौडेलले कार्यक्रमको महत्त्वमाथि जोड दिँदै विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नगरी व्यावहारिक ज्ञानसमेत प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्षम बनाउने पौडेलको भनाइ छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रशिक्षकहरूले विद्यार्थीहरूलाई ट्राफिक नियमको आधारभूत सिद्धान्तहरू, सडकमा सुरक्षित तरिकाले हिँड्ने, सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, र विभिन्न ट्राफिक चिन्हहरूको व्याख्या गरी जानकारी प्रदान गर्नुभएको थियो। यस्तै विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद सुवेदीले यस प्रकारका गतिविधिहरूले विद्यार्थीहरूको चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलीराज गौतम शिक्षक लक्ष्मण खनाल र जुनियर रेड क्रस सर्कल अध्यक्ष क्रिस्टिना ज्ञवालीको उपस्थिति रहेको थियो। कार्यक्रमले सम्पूर्ण विद्यार्थीहरूलाई ट्राफिक नियमहरूको पालनाबाट हुने फाइदाहरूको बारेमा सचेत गराउँदै, उनीहरूलाई जिम्मेवार र सजग नागरिक बन्न उत्प्रेरित गरेको छ।

Advertisement

सैनामैना अपडेट

राजनीति

सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

सुनगाभा पब्लिक स्कुलमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.