नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरूले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरूले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास कम्पनीको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित’आइएमई पे’मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम’आइएमई डिजिटल’दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । Source : lokaantar