Advertisement
Search
Close this search box.

अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

Advertisement
sainamainakhabar.com

बुटवल । बुटवलको अमरपथ र आसपासका क्षेत्र डुबानबारे बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै वैकल्पिक उपायको खोजी गर्ने निर्णय गरेको छ।  बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्षहरु र प्राविधिकहरुसहितको टोलीले इलाका प्रहरी कार्यालयदेखि तिनाउ नदीसम्मको नाला र अमरपथ हुँदै कृषि मन्डीतर्फको नालाको अनुगमन गरेको हो।

अनुगमनका क्रममा केही संघसंस्थाले नाला र नहरमाथि बनाएका संरचनाका कारण पानीको निकासमा अवरोध भएको र अमरपथदेखि कृषि मन्डीतर्फको नालाको वास्तविकता यकिन गर्न नसकिने भएकाले निकासमा समस्या देखिएको ठहर गरिएको छ।  विगतमा अमरपथदेखि बस्तीमुनिबाट मुख्य राजमार्ग कृषि मन्डी हुँदै तिनाउमा खस्ने पानीको निकासमा समस्या देखिएकाले अमरपथ क्षेत्र डुबान हुने गरेको पाइएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

कतिपय स्थानमा नहरमाथि संरचना बनाइएकाले त्यस्ता संरचनाका कारण बाढी आउँदा ओभरफ्लो भएर सडकमा पानी जम्मा हुने गरेको छ, उनले भने-अमरपथको उत्तर पुलमुनिबाट कसरी पानी जाने निकास बनेको छ र त्यसको अवस्था के कस्तो छ भन्ने कुरा हेर्न गाह्रो रहेछ, त्यसबेला संरचना बनाउँदा सरसफाइ गर्न सकिने गरी बनाइएको रहेनछ त्यसकारण पटक पटक डुबान भइरहेको छ।’  उनले सडक र बस्तीको बीचबाट लगिएको निकासका बारेमा अध्ययन गर्ने, सम्भव हुने स्थानसम्म सरसफाई गर्ने र सहज विकल्प खोज्ने गरी नगरले योजना बनाउने निर्णय गरेको बताए।

‘हामीले यसको पूर्ण समाधान एक दुई दिनमै दिनसक्ने अवस्था रहेनछ, नालामा भरिएको फोहोर र माटो सरसफाइ गरेर निकासलाई केही सहज बनाउने काम छिटै नै शुरु गर्छौं, उनले भने-तर यो दिगो समाधान होइन, दिगो समाधानका लागि अमरपथतर्फ पानी आउन नदिने गरी त्यसभन्दा माथिको भागबाट नहरको पानी तिनाउमा खसाल्ने बाहेक तत्काल अरु विकल्प देखिएनन्, हामीले प्राविधिक टीमलाई खटाएका छौं, त्यसअनुसार दिगो व्यवस्थापनको काम हुन्छ।’  उनले इलाका प्रहरी कार्यालय नजिकैबाट तिनाउमा पानी खस्ने गरी बनाइएको संरचना पनि सडक मुनिबाट रहेकाले त्यसको सरसफाइ गर्ने र केही पानी त्यहाँबाट बग्नसक्ने गरी व्यवस्था मिलाउने बताए। 

उपप्रमुख सावित्रादेवी अर्यालले तत्काल सम्भव भएसम्मको उपाय अपनाएर डुबान हुन नदिने गरी काम गर्ने बताइन्। उनले कतिपय स्थानमा नहरको क्षेत्र अतिक्रमण भएको र पानी बग्ने निकास रोकिएकाले डुबान भएको र यसको समाधानका लागि प्राविधिकसहितको टोली खटिएको बताइन्।  वडाध्यक्षहरु हरिप्रसाद श्रेष्ठ र विष्णु ढकालले पानीको निकास हुने ठाउँहरुको अवरोध हटाउन सकेमा डुबानको समस्या केही कम हुने र दीर्घकालीन व्यवस्थापनका लागि विकल्प खोज्नुपर्ने बताए।

Advertisement

सैनामैना अपडेट

राजनीति

अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

अमरपथ डुबान रोक्न बुटवल उपमहानगरपालिकाले वैकल्पिक उपाय अपनाउने

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.