२१ साउन ।
काभा महिला भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
आजको जितसँगै नेपालको भेट अब सेमिफाइलमा इरानसँग पक्का भएको छ ।
दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्यो ।
पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।
दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो ।
दोस्रो सेटमा भने नेपाललाई ५–५ को बराबरीसम्म टक्कर दिएको थियो । दोस्रो सेटमा १३ बराबरीसम्म पुर्याएको थियो ।
१५–१३ को अवस्थामा नेपाललाई पछि छोड्यो । नेपालले त्यसपछि २ जना पहिलो रोजाइका खेलाडीलाई कोर्टमा ल्यायो । निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठ मैदानमा आएपछि नेपालले माल्दिभ्सलाई १८–१८ मा आएर बल्ल भेटायो । त्यसपछि भने लगातार अग्रता बनाउँदै जित हात पार्यो ।
तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्यो ।
सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।