Search
Close this search box.

फलफुल प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न

 जेठ २७, सैनामैना

सैनामैना नगरपालिकाको कृषि बिकास शाखाको आयोजनामा फलफुल प्रवर्द्धन कार्यक्रम अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । 
पछिल्लो समय फलफुलका बिरुवा लगाउने र हुर्काउने प्रबृधि बढेको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । घर कार्यालयमा एक दुई फलफुलको बिरुवा रोप्ने राम्रो पक्ष रहेको बताउदै नगर प्रमुख शर्माले अब ब्यसायिक रुपमा फलफुल खेती नै गर्नु पर्ने प्रमुख शर्माको भनाई थियो । 

नेपाल सरकार मार्फत कृषि क्षेत्रमा ठुलो लगानी हुँदै आएको तर लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोले यस तर्फ सबैले ध्यान पुर्‍याउन जरुरी रहेको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो । फलफुल प्रवर्द्धन कार्यक्रम अन्तरगत सैनामैनाका किसानहरुलाई आयआर्जनमा जोडिने गरी फलफुलका बिरुवाहरु लगाउनतर्फ प्रहोत्साहन गर्नका कृषि शाखाले ध्यान पुर्याउनु पर्ने समेत उपप्रमुख आग्रह गर्नु भयो । 

तराइमा फलफुल खेती गर्न अनुदान दिदा समेत किसान आकर्षित नहुनु दुःखत र चिन्ताजनक रहेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बताउनु भयो । फलफुल खेतीमा किसानलाई कसरी आकर्षक गर्न सकिन्छ भन्ने तर्फ नगरपालिकाले योजना बनाएर अगाडि बढ्नु पर्ने समेत प्रमुख ज्ञवालीको भनाई थियो । सरकारले पैसा दिईएको छ तर किसान यस तर्फ आकर्षण नहुनु दुःखत र चिन्ताजनक रहेको र  यसको कारण खोजी हुनु पर्ने बताउदै फलफुल खेतीबारे किसानलाई अभिमुकरण गर्न जरुरी रहेको समेत ज्ञवालीको जोड थियो । ।

सैनामैना नगरपालिकाले विभिन्न किसान र कृषि लक्षित बिभिन्न कार्यक्रम गर्दै आएको सैनामैनाका कृषि बिकास शाखा प्रमुख सिर्जना सुबेदीले बताउनु भयो ।
कार्यक्रममा सैनामैनाका वडा अध्यक्षहरु तम बहादुर पुर्जा, धन बहादुर कार्की, बुद्धी प्रसाद चौधरी लगायतले कृषिका बारेमा बोल्नु भएको थियो । सैनामैनाको कृषि बिकास शाखाको कार्यालयमा सम्पन्न कार्यक्रमको संचालन कृषि बिकास शाखाका रबिन्द्र ज्ञवालीले गर्नु भएको थियो ।-radio malmala

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.