Search
Close this search box.

दुधराक्ष बाँसगढी खानेपानी संस्थाले ५२ औं विश्व वातावरण दिवस मनायो

सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ५२ औं विश्व वातावरण दिवस तथा २५ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि साताब्यापी कार्यक्रम गरि मनाएको छ ।

संस्थाले सोही अवसरमा आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विधालय सरस्वती माध्यमिक विद्यालय देउवापारमा दुईहजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा सरसफाई सामग्री वितरण गरेको छ । त्यसैगरी संस्थाले सोही अवसरमा विभिन्न प्रजातिका विरुवा समेत वृक्षारोपण गरेको छ ।

संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने नाराका साथ मनाइएको विश्व बाताबरण दिवस तथा २५ औ सरसफाई सप्ताहको अवसरमा संस्थाले रास्ट्रिय माध्यमिक विद्यालय आमीमा सरसफाई सामग्री समेत प्रदान गरेको छ ।

त्यसैगरी विद्यालयको हातामा वृक्षारोपण गरिएको थियो भने जनचेतना माध्यमिक विद्यालयमा समेत संस्थाले सरसफाई सामाग्री वितरण गर्नुका साथै बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले बताउनु भयो ।

कार्यक्रममा खानेपानी संस्थाका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । sourc:nepalhighlight

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
366
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.