Search
Close this search box.

अपाङ्गता अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम : सैनामैना

किस एफएम/ सैनामैना खबर
सैनामैना नगरपालिकाका सामुदायीक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अपाङ्गता शिक्षक, बालबालिका र अभिभावकहरुको लागि अपाङ्गता र समावेशी शिक्षा सम्बन्धी सचेतन कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर २ मा रहेको ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको छ।


विशेषगरी उक्त कार्यक्रममा अपाङ्गता अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाभित्र रहेका विद्यालयहरूले गर्ने व्यवहार र उनीहरुले पाउने अवसर सँगै परिवारसँगको अन्तरसम्बन्धका विषयमा सचेतना गराउनुका साथै उक्त कार्यक्रममा सहजीकरणको भूमिकामा अधिकारकर्मी कल्पना न्यौपाने सँगै प्रशिक्षकको रुपमा ओमनाथ अधिकारीले सहजीकरण गर्नुभएको थियो।


कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले यतिबेला नगरले बजेट बनाउने कार्यक्रम अगाडि बढाइरहेको हुँदा यस्ता संस्थाहरूले यो समयमा नगरपालिकासँग समन्वयन गरेर आगामी दिनका लागि यस्ता कार्यक्रमका लागि बजेट छुट्याउन सक्ने हुँदा जति सक्दो चाँडो नगरपालिकासँग समन्वयन गर्न समेत जानकारी गराउनुभयो।


कार्यक्रमको आयोजना अपाङ्ग महिला सङ्घ रूपन्देहीले गरेको थियो भने यो कार्यक्रम तीन दिनसम्म विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सह-प्राचार्य, विद्यालयका प्राचार्य, अपाङ्गता भएका विद्यार्थी एवं शिक्षकसँगै अपाङ्गता भएका अभिभावकहरुलाई एकै ठाउँमा भेला गरी यो कार्यक्रमको आयोजना गरिएको थियो

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.