Search
Close this search box.

३ दिने कृषि मेलामा सम्पन्न जियो कृषि बन्यो उत्कृष्त जितपुरमा

उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायिकरण गरौं भन्ने मुल नाराका साथ नेपाल बीउ मल परियोजना(सिमिट) को आयोजनामा ३ दिने कृषि मेला सम्पन्न भएको हो । युएस एआइडिको सहयोग एबम वाणगंगा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा बुद्धरंगशालाको ४ नम्बर जितपुरमा ३ दिने कृषि मेलामा ५० वटा स्टल रहेका थिए । कृषि मेलाको लुम्बिनी प्रदेश सांसद तथा पूर्व स्वास्थ मन्त्री विष्णु पन्थीले उद्घाटन गर्नु भएको हो । 
 
कृषि मेलामा कृषि यान्त्रिकरणका औजारहरु, बीउ मल ,जीवन बिमा, पशु बिमा, कृषिका उत्पादनहरु, हस्तकलाका सामानहरु, जियो कृषि डिजिटल एप्स, कृषि सम्बन्धि परामर्श सेवा गरि ५० वटा स्टटलहरु रहेको थिए ।
उत्कृष्ट बन्यो  जियो कृषि डिजिटल एप्स
उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायिकरण गरौं भन्ने मुल नाराका साथ नेपाल बीउ मल परियोजना(सिमिट) को आयोजनामा ३ दिने कृषि मेलामा सहभागी भएका स्टलहरु मध्ये जियो कृषि डिजिटल एप्सको स्टल उत्कृष्ट भएको थियो । मेलाको समापन समारोहमा उत्कृष्ट स्टलको रुपमा जियो कृषि डिजिटल एप्सलाई सम्मान गरिएको हो । ३ दिने कृषि मेलामा सबै भन्दा उत्कृष्ट र कृषि सम्बन्धी प्रबिधि र ज्ञान दिन जियो कृषि डिजिटल एप्स सफल भएको वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालको भनाई थियो । 
जियो कृषिले पछिल्लो समय कृषकका समस्याहरु डिजिटल माध्यमबाट एप्स मार्फत समाधान गर्दै आएको छ । एप्स मार्फत हरेक खेतीको बिषयमा कृषकलाई आवश्यक जानकारी र उनीहरुको समस्या समाधान गर्दै आएको जियो कृषिका गण्डकी तथा लुम्बिनी प्रदेश संयोजक बिनोद बि.क ले बताउनु भयो । अहिले धेरै कृषकहरु एप्समा जोडिएर आफना समस्याहरु पहिचान गरी समाधान समेत पाउदै  गदै आएको प्रमुख बि.कले जानकारी गराउनु भयो । जियो कृषि एप्स विभिन्न कृषि विकासको बारेमा ज्ञान सिक्ने र आदानप्रदान गर्ने थलो बन्दै गएको छ । जियो कृषिले कृषि उत्पादन, बजारीकरणसंगै कृषक

लाई एकआपसमा जोडुदै आएको एक किसानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.