सैनामैना ।
सैनामैना-४, मुर्गिया स्थित पर्राेहा माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि र शिक्षक अभिभावक सर्वसम्मत चयन भएको छ।
२०८१ मंसिर १४ गते बसेको शिक्षक स्टाफको बैठकबाट विद्यालयका सहायक प्राचार्य हरिप्रसाद भट्टराई सर्वसम्मत रूपमा व्यवस्थापन समितिको शिक्षक प्रतिनिधिमा चयन हुनुभएको हो। यस निर्णयलाई विद्यालयका सबै शिक्षकहरूले सहर्ष समर्थन गरनुभएकाे थियाे । त्यसैगरी, शिक्षक अभिभावक का रूपमा भवानी ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ। यो चयनले विद्यालयको अभिभावक–शिक्षक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
पर्राेहा माध्यमिक विद्यालय सैनामैनाको एक प्रतिष्ठित सामुदायिक विद्यालय हो। यसले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले कक्षा १२ सम्मको पढाइ प्रदान गर्दै व्यवस्थापन र शिक्षा शास्त्र संकायमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आइरहेको छ।
विद्यालय व्यवस्थापन समितिमा नयाँ प्रतिनिधिहरूको चयनले विद्यालयको समग्र विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको समन्वयले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।