सैनामैना ।
नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा सैनामैना तरुण दलले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेसका निवर्तमान रूपन्देही जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माले वर्तमान समयमा युवाले जिम्मेवारी सँगसँगै नयाँ सोच र दीर्ण भएर निर्णय लिने क्षमता राख्यो भने उसलाई आगामी जीवनमा कहिले पनि असहज नहुने कुरा व्यक्त गर्नुभयो। त्यस्तै उहाँले तरुण दलको स्थापनाका लागि र देशभरि परिचालनका लागि रूपन्देहीकै अग्रज नेता बालकृष्ण खाडले खेलेको भूमिकालाई स्मरण गर्दै सदैभरि युवाहरूका बीचमा रमाउने र आम जनमानसका लागि के र कस्ता खालका सहयोग गरियो भने मानिसको स्तर वृद्धि हुन्छ भन्ने सोच राख्नुभएका नेता बालकृष्ण खाडप्रति सम्मान प्रकट गर्दै शर्माले निर्णय प्राप्त हुन्छ भन्ने कुरा पनि खाडबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य गोविन्द प्रसाद लम्सालले वर्तमान समयमा पार्टीको अग्रपंक्तिलाई सम्हाल्नका लागि र कहीँकतै ढल्मलाउँछ कि भनेर सँगसँगै हिँडालेमा युवा तरुण साथीहरुलाई उनीहरूको नयाँ सोच, परिकल्पना र एक्काइसौँ शताब्दीका युवा तरुणलाई एक ढिक्का भएर पार्टीमा लाग्नका लागि अनुरोध सँगसँगै पार्टीलाई योभन्दा मजबुत गराउनका लागि के कस्तो खालका भूमिकाहरु खेल्नुपर्छ त्यसलाई निर्धक्क भएर पार्टीका अग्रज नेताहरूमा आफ्नो धारणा राख्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का सचिव पवन शर्मा, नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनी कृष्ण, नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनाल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य किरण तिवारी लगायतले कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
तरुण दलको स्थापना दिवसमा विगतका दिनहरूमा जस्तै सामाजिक क्रियाकलाप सँगसँगै अहिले आएर वृक्षरोपण कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर ६ मलमला परिसरमा विभिन्न जातका करिब ८० भन्दा बढी बिरुवा रोपेर सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल सैनामैना नगर समितिका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षता एवं नगर सचिव सुशीला शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संयोजक सैनामैना तरुण परिचालन समितिका संयोजक प्रतिक श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो।