Advertisement
Search
Close this search box.

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

Advertisement
sainamainakhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् ।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफुहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफुहरुले अवमुल्यन नगर्ने स्पष्ट गरे ।

सभापति लामिछानेले आफुहरु राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफुहरुको आगमननै अरुको लागि समस्या बनेको बताए । उनले आफुहरुको आक्रमण पनि ठुलो हुने हुनाले आफुहरुप्रतिको आक्रमणपनि ठुलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

लामिछानेले आफुहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबि गरे । यो लडाईमा आफुहरुलाई हार्ने छुट नभएको बताउदै आफुहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफुलाई सहकारी ठगि नगरेको भन्दै आफुलाई गोर्खा मिडिया संचालनमा  जवाफदेही भएको समितिले ठहर गरेको बताए ।

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक- उपसंयोजक, प्रदेशको समिति-विभाग, केन्द्रीय समिति-विभाग-आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं- रवि लामिछाने

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.