Advertisement
Search
Close this search box.

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु र ९ जना घाइते

Advertisement
sainamainakhabar.com

२६ भदौ ।

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। दुर्घटनामा परी वर्ष ६५ का रामप्रसाद पन्थीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको खत्रीले जानकारी दिए।

‘जिप दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्,’ खत्रीले भने। सबै घाइतेलाई उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी ठाडामा  लगिएको छ।’

छत्रदेवबाट बुटवलतर्फ आउँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रवक्तासमेत रहेको प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।

‘दुर्घटनामा गाडी चालक सहित १० जना घाइते भएकामा एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा १० जनाको टोलि खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय ठाडाबाट करिब १२ किलाेमिटर दक्षिणमा पर्छ।

यी हुन् घाइते
१. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष  ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर।
३. ऐ.ऐ.७ बस्ने वर्ष  २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको।
५. ऐ.ऐ.८ बस्ने वर्ष  ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६. ऐ.ऐ. बस्ने पर्ष  १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८. ऐ.ऐ.५ बस्ने वर्ष  ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम।
९. हालसम्म ठेगाना नखुलेको वर्ष  २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।

Advertisement

सैनामैना अपडेट

राजनीति

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

 सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन...
1 2 3 4 5 6 7 8

अर्थ अपडेट

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  र ९ जना घाइते

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.