“स्वस्थ मन स्वस्थ शरीर” भन्ने नाराका साथ रोटरी क्लब अफ सैनामैनाले एक दिने मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न गरेको छ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले पछिल्लो समयमा मानिसहरूले बढी मात्रामा सानासाना कुरामा पनि तनाब लिने हुँदा यो कार्यक्रम निकै उत्कृष्ट रहेको र आफैंमा पनि आफ्नो स्वास्थ्यलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा जसरी डाक्टरले हामीलाई सिकाउनुभएको छ त्यसले हाम्रो जीवनयापनमा पनि पृथकता ल्याउने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका चार्टर प्रेसिडेन्ट मीनप्रसाद पौडेलले मानिस पछिल्लो समयमा व्यस्त सँगसँगै आफूले आफैलाई समय दिन नसक्दा मानिस अस्वस्थ पनि भइरहेको र खानपानको मेलमिलाप नहुँदा मानिस दैनिक जसो औषधि नै सेवन गरिरहेको अवस्थामा यो कार्यक्रमले मानिसको जीवनयापनमा नै आमूल परिवर्तन ल्याउने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा व्यस्त जीवनशैली, राजनीतिक र सामाजिक अस्थिरता आर्थिक विपन्नता, बढ्दो बेरोजगारी, सुविधा भोज, विलासिताको चिन्ता दिक्दारी, एक्लोपन, निराश, थकान, चारैतिर असफलताले बैमनुष्यताबाट मुक्त पाउनका लागि “स्वस्थ मन स्वस्थ शरीर” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो एक दिने मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष पिताम्बर न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ डाक्टर विक्रम काफ्लेले सहजीकरण गर्नुका साथै उहाँले मानिसहरू पछिल्लो चरणमा आर्थिक समस्याका कारणले धेरै तनावहरुलाई अँगालिरहेको हुँदा विशेषगरी खानपानमा ध्यान नदिँदा मोबाइलको प्रयोगले एक्लोपन बनाइदिँदा आफन्त र परिवार जनसँग झन्झटाहट सामाजिक सञ्जालका कारणले हुँदा मानिस पछिल्लो समयमा बढी मात्रामा मस्तिष्कलाई चलायमान गराइरहेको कारणले गर्दा धेरै व्यक्तिलाई मानसिक रोगले सताइरहेको कुरा समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सैनामैना नगरपालिकाभित्रका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँगै शैक्षिक व्यक्तित्व र व्यापारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष पिताम्बर न्यौपाने (धर्म)को अध्यक्षता एवं इलेक्ट प्रेसिडेन्ट भोजराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।