१८ भदौ ।
स्याङ्जाको हरिनास गाउँपालिका स्थित फर्निचर उद्योगबाट सामान चोरी गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला बेतियाग्राम पंन्चायत ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । महतोलाई पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हाताभित्रबाट समानहरुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर, साईजर मेसिन, डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको छ ।
स्याङ्जाकाे हरिनास गाउँपालिका २ पुछौदी बस्ने बालकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरी महतो फरार भएका थिए ।
पक्राउ परेका महतोलाई स्याङ्जा ल्याई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा सोमबार जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।