बुटवल,४ भदौ ।
बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर,बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप र बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल एक आपसमा ठोक्कीएर दुर्घटना भएको हो ।
मृत्युु हुनेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ बर्षिय शुष्मा श्रेष्ठ रहेकी छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गिया बाट लु ८७ प ४५७३ नम्वरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्मर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन् ।
तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलेरो चालकलाई नियन्त्रणमा लिएको र फरार रहेका मोटरसाईकल चालककाे खोजी भैरहेको प्रहरी निरिक्षक बानियांले बताए ।