Advertisement
Search
Close this search box.

सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

Advertisement
sainamainakhabar.com

सैनामैना ३१ साउन ।


सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसाय सङ्घले स्थापनाको सातौं वर्षमा वृक्षरोपण गरेर आफ्नो स्थापना दिवसमा शुभकामना साटासाट गरेको छ।

रूपन्देही जिल्लाको सैनामैना नगरपालिका भित्र सञ्चालनमा रहेका होटेल व्यवसायीहरू एकैबद्ध भई सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको स्थापना गरेका थिए। विसं २०७४ सालमा स्थापना भएको यस होटल व्यवसाय सङ्घ नारायण खरेलको अध्यक्षतामा स्थापना भएको थियो।


कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख फडिन्द्र प्रसाद शर्माले यो संस्थाले समाजमा उदाहरणीय कार्यलाई निरन्तरता दिइरहेको छ। चाहे त्यो रक्तदान कार्यक्रम नै किन नहोस् चाहे त्यो आफ्ना व्यवसायीहरू मारमा पर्दा आर्थिक सहयोग नै किन नहोस् चाहे यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा आफ्नो उत्कृष्ट सहभागिता जनाउँदै यस क्षेत्रको पर्यटन विकासको लागि निरन्तरताका साथ लागिरहेकोमा धन्यवादसँगै निरन्तरताका लागि शुभकामना समेत स्थापना दिवसको अवसरमा व्यक्त गर्नुभयो


कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले व्यवसायी पछिल्लो चरणमा केही धराशाय भएतापनि निरन्तरता साथ अगाडि बढ्नुमा होटेल व्यवसाय सङ्घको जुन आत्मबल एकपछि अर्को गर्दै बढिरहेको छ त्यसलाई निरन्तरता दिन भएपनि होटेल व्यवसायीहरु एक भएर अगाडि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल होटेल सङ्घका केन्द्रीय सचिव नारायण सेनले स्थापना कालको स्मरण गर्दै धेरै मेहनत कठिनाइ र दुःखले जन्माएको यो संस्थाले आजको दिनसम्म आउँदै गर्दा समाजमा उदाहरणीय कार्य गरेको हुनाले आज यसै संस्थामा आबद्ध भएका व्यक्ति केन्द्रसम्म पुग्दै गर्दा आफू लगायत सिंगो संस्था नै बलियो भएको कुरा व्यक्त गर्नुभयो ।


कार्यक्रममा सैनामैना व्यापार सङ्घका प्रथम उपाध्यक्ष दिपेन्द्र ढकाल उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम, पर्रोहा माबिका प्राचार्य बलबहादुर केसीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।
वृक्षरोपण कार्यक्रम सैनामैना ४ मा अवस्थित पर्रोहा माविको प्राङ्गण छेउछाउमा गरिएको थियो।
उक्त वृक्षारोपण कार्यक्रममा २०० विभिन्न जातका वृक्षहरू रोपिएको थियो भने जस्तै टिक, सफेता, तेज पत्त, इपिलिपि, छतिवन आदि जातका विरुवाहरु लगाइएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधि, सैनामैना होटल व्यवसायी सङ्घका सल्लाहकार, पदाधिकारी एवं सदस्य साथै विद्यालयका सहप्राचार्य, शिक्षक एवं विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष झविन्द्र पोखरेलको अध्यक्षता कार्यक्रमको संयोजन होटेल व्यवसायी सङ्घका कोषाध्यक्ष नारायण आचार्यको संयोजन एवं संस्थाको वरिष्ठ उपाध्यक्ष माया केसीको स्वागत र संस्थाका महासचिव गोविन्दा खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

सैनामैना अपडेट

राजनीति

सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

सैनामैना होटेल व्यवसायी सङ्घले मनायो आफ्नो सातौं स्थापना दिवस

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.