२८ साउन।
जंगलबाट ल्याएको विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । गुल्मीको रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको ८ जनाको परिवार बिरामी परेका हुन् ।
आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका थिए । बिरामी हुनेमा ६५ वर्षका टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा,१२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षकी सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा रहेका छन् ।
उनिहरूलाई गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।