Advertisement
Search
Close this search box.

पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

Advertisement
sainamainakhabar.com

२७ साउन ।
पेरिस ओलम्पिककाे अन्तिम दिन आज नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् ।

नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।

युनिभर्सियालिटी कोटाबाट उनि पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् ।

दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिलसँगै अभ्याससमेत गरेकी थिइन् ।

राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन् ।

सन्तोषीले आफूले गरेको अभ्यास अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताइन् । उनले पहिलो लक्ष्य म्याराथन पूरा गर्ने र त्यसपछि कीर्तिमानमा केन्द्रित हुने बताइन् ।

सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् । उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।

बंगलादेशको ढाकामा भएको बंगबन्धु म्याराथनमा कीर्तिमानी स्वर्ण जितेपछि सन्तोषीले ओलम्पिकमा हसभागी हुने अवसर पाएकी हुन् । उनले अन्तर्राष्ट्रिय डेब्यु म्याराथनमै २ घण्टा ४६ मिनेट २३ सेकेन्डको कीर्तिमानी सममयमा स्वर्ण जितेकी थिइन् ।

पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन् । पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेह अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।

शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिए ।

Advertisement

सैनामैना अपडेट

राजनीति

पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

पेरिस ओलम्पिककाे अन्तिम दिन : आज नेपालकी सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.