Advertisement
Search
Close this search box.

त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

Advertisement
sainamainakhabar.com

त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा पनिकालाई चाप बढेको थियो ।

एकातिर पुरानो नतिजा प्रकाशन गर्नुपर्ने थियो भने अर्कोतिर नयाँ परीक्षा गराउनु र नतिजा प्रकाशन गर्नुपर्ने चुनौती थियो । तर, अहिले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताए । जसमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको उनको भनाइ छ ।

करिब तीन महिनाको अवधिमा पनिकाले २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको हो । अब पुराना तीन विषयको नतिजामात्रै प्रकाशन गर्न बाँकी रहेको उनले बताए । तीमध्ये २ विषयको नतिजा यसै महिनाभित्र आउने र एउटाको नतिजा भदौैमा आउने उनको भनाइ छ ।

साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ ।

त्यस्तै एमए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ । जबकि यसअघि अघिल्ला वर्षहरूमा उक्त नतिजा सार्वजनिक गर्न कम्तीमा ६ महिना लाग्ने गरेको थियो । बढी विद्यार्थीले परीक्षा दिएका विषयहरूमा भने कोरोना महामारीपछि २ वर्षसम्ममा समेत नतिजा सार्वजनिक हुन सकेको थिएन ।

कसरी सम्भव भयो ?

पनिकाले गत असारसम्म पहिला कोभिडपछि रोकिएका परीक्षाको नतिजा सार्वजनिक गर्ने योजना बनाएको थियो । नतिजाका लागि कर्मचारीहरूलाई केही सुविधा थप दिइएको थियो । जसले गर्दा २ वर्षसम्म रोकिएका परीक्षा तथा नतिजा एकै वर्षमा सार्वजनिक गर्न सकिएको परीक्षा नियन्त्रक जोशीले बताए ।

त्रिविले २०८० को साउनदेखि पनिकाका कर्मचारीको थप सुविधा कटौती गर्दै कार्यालय समय १० देखि ५ बजेसम्म मात्रै राखिएको थियो । जसले गर्दा कामको चाप बढेको थियो भने नतिजा प्रकाशनको काम तीव्र गतिमा अगाडि बढ्न सकेको थिएन ।

त्रिविका पुराना पदाधिकारीहरूको कार्यकाल गत वर्ष नै सकियो । सरकारले प्राडा शिवलाल भुसाललाई गत फागुनमा निमित्त उपकुलपति तोकेको थियो । उनको पालामा केही थप सुविधा उपलब्ध गराइएको थियो । जसले गर्दा फागुन र चैतमा कर्मचारीलाई अतिरिक्त काममा लगाउन सहज भएको थियो ।

अहिले नयाँ पदाधिकारीहरू आएपछि परीक्षामा काम गर्ने कर्मचारीलाई थप ४० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ । उनीहरूले दैनिक १२ घण्टा काम गर्दै आएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ । ‘अहिले कर्मचारीलाई दैनिक १२ घण्टा काम गराइरहेका छौँ । त्यसपछि जेठदेखि अहिलेसम्म २५ वटा नतिजा प्रकाशन गरिसकेका छौँ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्दै आएका छन्,’ जोशीले भने ।

पनिकाले जेठमा भएको परीक्षाको नतिजा भदौमा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, कर्मचारीहरूलाई दिइएको थप सुविधा भदौबाट सकिँदैछ । त्यो बेला त्रिविविले थप सुविधाको निर्णय गरेपछि मात्रै कर्मचारीले पाउने उनको भनाइ छ ।

‘अहिले थपिएको सुविधा साउनसम्मको लागिमात्र हो । भदौदेखि नयाँ सुविधा दिनुपर्छ । त्यसका लागि पदाधिकारीहरूसँग कुरा भइरहेको छ । त्यसो भयो भने आगामी दिनमा परीक्षा सकिएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्छौं,’ जोशीले भने ।

अहिले पनिकामा ११९ कर्मचारीले काम गर्दै आएका छन् । तीमध्ये ५२ जना कर्मचारी दैनिक १२ घण्टा काम गर्दै आएको उनको भनाइ छ । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणको काम क्षेत्रीय कार्यालयहरूबाट हुँदै आएको छ ।

‘वैशाखदेखि परीक्षाको कापी क्षेत्रीय कार्यालयबाटै परीक्षण हुँदै आएको छ । परीक्षा भएपछि परीक्षणको काम उतैबाट गर्दै आएका छौँ । त्यसपछिको काम उतैबाट गराउने कि यता ल्याउने भन्ने टुङ्गो लागेको छैन,’ जोशीले भने, ‘यसमा थोरै नीतिगत काम गर्न बाँकी छ । नीतिगत व्यवस्था गरियो भने नतिजा प्रकाशनको काम पनि उतैबाट गराउँछौँ ।’

परीक्षासमेत समयमै  

समयमै परीक्षा नगराउने आरोप त्रिविमाथि लाग्दै आएको छ । कोरोना महामारीपछि त एउटै कक्षाका तीन ब्याचसम्म विद्यार्थी भएका थिए । तर, समयमै परीक्षा गर्न सकेको थिएन । अहिले भने त्रिविविले परीक्षासमेत समयमै सञ्चालन गर्न थालेको छ ।

पनिकाले त्रिविले जारी गरेको वार्षिक कार्यतालिका अनुसार नै परीक्षासमेत गराउन थालेको हो । शिक्षाध्यक्षको कार्यालयले सूचना जारी गर्दा नै विद्यार्थी भर्नादेखि परीक्षा कहिले गराउने र नतिजा कहिले सार्वजनिक हुने भनेर स्पष्ट किटान गर्दै आएको छ । जसले गर्दा पनिकालाई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा सहज भएको छ ।

त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले नतिजा प्रकाशनमा के कति कारणले ढिलाइ भइरहेको त्यस विषयमा रिपोर्ट लिने बताएका थिए । कर्मचारीको अभावले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको रिपोर्ट पनिकाले गरेको थियो । र त्रिविले उपलब्ध जनशक्तिलाई नै परिचालन गरेर नतिजा प्रकाशन गर्ने भन्दै थप सुविधाको व्यवस्था गरेको हो ।  

Advertisement

सैनामैना अपडेट

राजनीति

त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

 सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन...
1 2 3 4 5 6 7 8

अर्थ अपडेट

त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.